उज्यालो प्रदेश सरकारको प्राथमिकता: मन्त्री गुरुङ



रासस

पोखरा, ८ कात्तिक 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई उज्यालो बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन् ।

तनहुँको घिरिङ गाउँपालिकाले बुधबार पोखरीछापमा आयोजना गरेको विकास निर्माणसम्बन्धी छलफल कार्यक्रममा उनले भने, “विद्युत् नपुगेका गाउँमा दुई वर्षभित्र विद्युत् पु¥याउने सरकारको लक्ष्य छ ।”

मन्त्री गुरुङले दुई वर्षभित्र सबै गाउँमा खानेपानी सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको बताउँदै जनतालाई सुखी र समृद्धि बनाउने सरकारको कार्ययोजना रहेको धारणा व्यक्त गरे ।

आगामी पाँच वर्षभित्र गण्डकी प्रदेश अब्बल र समृद्ध बन्ने बताउँदै विकास निर्माण तथा आर्थिक गतिविधिमा अन्य प्रदेशको तुलनामा यो प्रदेश अगाडि रहेको छ भने ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले घिरिङको विकास निर्माणका बारेमा जानकारी गराउँदै गाउँपालिकाको योजनामा प्रदेश सरकारको सहयोग रहनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja