अचानक भएको विस्फोटमा परी एघार आतङ्ककारी मारिए



पोखरा, ७ असोज ।

दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोटमा परी कम्तीमा एघार तालिबान आतङ्ककारी मारिएका छन् ।

स्थानीय अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन् । सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने अर्घान्दाब जिल्लामा आतङ्ककारी दुई समूहले सुरक्षा अधिकारी लक्षित यो विस्फोटक पदार्थ बोकेका थिए ।
सोही विस्फोटक पदार्थ बिस्फोटमा परी एघार जना तालिबान आतङ्ककारी मारिएका थिए ।

तालिबान र इस्लामिक स्टेट्स ९आइएस० आतङ्ककारी समूहले सुरक्षा अधिकारीहरु लक्षित बारम्बार सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गको हमला गर्दै आएका छन् ।

सोमबार भएको यस विस्फोटमा परी सर्वसाधारणलाई भने कुनै क्षति नभएको बताइएको छ । गत आइतबार विस्फोटक पदार्थ विस्फोटमा परी सात बालबालिकासहित ११ सर्बसाधारणको मृत्यु भएको थियो ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्घार्हार प्रान्त गुडिरहेको एक सवारी साधन विस्फोटक पदार्थ ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja