क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प



पोखरा, ५ कात्तिक ।

क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४।९ म्याग्नीच्यूडदेखि ६।८ सम्मका छन् ।

पहिलो ६।६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो । यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किमी उत्तरपश्चिममा रहेको छ ।

दोस्रो ६।८ म्याग्नीच्यूडको भूकम्प एक घण्टापछि अर्थात ११ बजेर १६ मिनेटमा क्यानेडाली सहर पोर्ट हार्डीभन्दा १२२ माइल दक्षिणपश्चिममा गएको थियो ।

त्यसको छ मिनेटपछि ६।५ म्याग्नीच्यूडको भूकम्प पोर्ट हार्डीबाट १३८ माइल दक्षिणपश्चिममा गएको थियो । लगत्तै सोही स्थानमा केही कमजोर ४।९ म्याग्नीच्यूडको भूकम्प गएको पनि अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पबाट धनजनको क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन । साथै अधिकारीहरुले सुनामीको चेतावनी समेत जारी गरेका छैनन् ।

यो क्षेत्र उत्तरी भ्यान्कुभर द्वीपदेखि उत्तरी क्यालिफोर्नियासम्मको क्षेत्रमा फैलिएको विशाल फल्टलाइनमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja