तीन खानमा कमजोर शाहरुख, यस्तो छ कारण



पोखरा, ४ असोज ।

सन् १९९२ मा ुदीवानाुबाट सुरु भएको थियो बलिउड स्टार शाहरुख खानको क्रेज । आज पनि उनको क्रेज रत्ति घटेको छैन । तर, पछिल्ला केही वर्षदेखि भने शाहरुखका फ्यान उनका फिल्मबाट निराश छन् । आखिर शाहरुखसँग यस्तो के भइरहेको छ, जसले गर्दा इन्डस्ट्रीमा उनको कुर्सी डगमगाउन थालेको छ ।

शाहरुख खानलाई इन्डस्ट्रीमा ुकिंग अफ रोमान्सु भन्ने गरिन्छ । अवश्य पनि हो, बढ्दो उमेर सँगसँगै यो ट्याग धेरै समय टिक्दैन । एक्सपेरिमेन्ट त गर्नु नै थियो र ुबादशाहु खानले पनि गरे । दर्शकलाई लोभ्याउन उनी सुपरहिरो बने, हक्की टीमको कोच, सफ्ट इमेज छाडेर एक्सन र थ्रिलर पनि गरे । तर, उनलाई घाटाभन्दा बाहेक अरु केही हात लागेन ।

२००७ मा आएको ुचक दे इन्डियाुपछि शाहरुख खान आफ्नो करिअरलाई लिएर कन्फ्यूज छन् कि अब के गर्ने रु यो फिल्ममा उनी महिला हक्की टीमको कोच बनेका थिए । यसमा उनको अपोजिटमा हिरोइन थिएनन् । स्पोर्ट्स फिल्मलाई फेरि जिउँदो बनाउने यो फिल्मपछि शाहरुखले आफ्नो करिअरमा खासै ठूलो सफलता हात पार्न सकेका छैनन् ।

२५ फिल्ममा कति हिट रु
ुचक दे इन्डियाु देखि २०१६ मा आएको फिल्म ुऐ दिल है मुश्किलु सम्म उनको नाम करीब २५ फिल्मसँग जोडियो । यसमा आधाभन्दा धेरै फिल्ममा उनको केमियो थियो भने केहीमा उनी निर्माताको रुपमा जोडिए । यस हिसाबले हेर्ने हो भने शाहरुख खान हरेक वर्ष दुई फिल्म गरिरहेका छन् तर मुश्किलले उनका हिट फिल्मको नाम सम्झन गाह्रो छ ।

तर, उनले ुओम शान्ति ओमु जस्ता सुपरहिट फिल्म पनि दिइसकेका छन् । ुरब ने बना दी जोडीु, ुमाइ नेम इज खानु, ुरा।वनु, ुडन २ु, ुजब तक हे जानु, ुचेन्नई एक्सप्रेसु, ुह्याप्पी न्यू ईयरु, ुदिलवालेु, ुरईसु, ुफ्यानु र ुजब ह्यारी मिट सेजलु । हिट फिल्म र बक्स अफिसमा बनेको रेकर्डमा यसमध्ये ुह्याप्पी न्यू ईयरु मात्र यो लिस्टमा सुचिकृत छ ।

जुन फिल्मले बक्स अफिसमा जादू चलाएन, त्यसको एउटा मुख्य कारण कमजोर स्क्रिप्टलाई मानिएको छ । शाहरुखको नाम र फिल्मको जबरजस्त प्रचारका कारण पहिलो विकेन्ड कलेक्सन राम्रो भएपनि त्यसपछि सिनेमा घर खाली हुन थाल्छन् । अहिले शाहरुखका लागि यो सबैभन्दा ठूलो चुनौती बनेको छ ।

तीन खानमा कमजोर शाहरुख
बलिउडमा पछिल्लो दुई दशकदेखि खानको जादू खुब चलेको छ । यदी शाहरुखको तुलना सलमान र आमिरसँग गर्ने हो भने यो स्पष्ट हुन्छ कि अब उनको स्टारडम खतरामा छ । सलमान खान ुमास लेभलु का स्टार बनिसकेका छन् । उनका हरेक फिल्मको कमाईले एक नयाँ रेकर्ड बनाउँदै गएका छन् । सिंगल ुस्कृनु होस् वा मल्टिप्लेक्स, दुवै स्तरका दर्शकले सलमानका फिल्मलाई निकै रुचाउँदै आएका छन् ।

यस्तै, आमिर पहिलादेखि नै रोजेर मात्र फिल्म गर्दै आइरहेका छन् र जे गर्छन्, त्यसमा दर्शक तुरुन्त फिदा हुन्छन् । उनको फिल्ममा इन्टरटेन्मेन्ट र सामाजिक सन्देश यति हुन्छ कि उनले हरेक वर्गका दर्शकको ध्यान केन्द्रीत गर्न सफल हुन्छन् । ुदबंगु, ुसुल्तानु, ुबजरंगी भाईजानु, ुपीकेु जस्ता फिल्मको सफलताको सबैभन्दा ठूलो कारण बलियो स्क्रिप्ट नै हो । यदी यस्तो हुँदैन थियो भने सलमान र आमिरले यो सफलता हात पार्न असफल हुने थिए ।

शाहरुखका लागि आफ्नो रोमान्टिक इमेज छाडेर अगाडि बढ्न सजिलो देखिएको छैन । ुरब ने बना दी जोडीु र ुजब तक हे जानुपछि एक्सन भूमिकामा आउनका लागि उनले रोहित शेट्टीसँग मिलेर ुचेन्नई एक्सप्रेसु बनाए । तर, रोहितले जसरी गाडी उडाएर अजय देवगनको करिअर बचाएका थिए त्यो शाहरुखको हकमा लागू भएन । बेस्ट फ्रेन्ड फराहका लागि उनले ुह्यापी न्यू ईयरु गरे र फिल्मले सक्सेस रेकर्ड पनि बनायो । तर, फिल्मको स्क्रिप्टको चर्को आलोचना भयो ।

डुब्दै गएको करिअर बचाउनका लागि शाहरुखले अभिनत्री काजोलसँग सन् २०१५ मा फिल्म ुदिलवालेु लिएर आए तर कमजोर कथावस्तुले उनलाई फेरि असफलता हात पर्योज । यस्तै, सन् २०१६ मा आएको फिल्म ुफ्यानुमा उनको अभिनयको चर्चा त भयो तर फेरि असफलता दोहोरियो ।

गएको वर्ष प्रदर्शनमा आएको ुरईसु र ुजब ह्यारी मिट सेजलु ले पनि शाहरुखलाई बक्स अफिसमा फेरि कमजोर साबित गर्यो् । जसरी शाहरुखका कमजोर फिल्मले दर्शकमाथी कुठराघात गरिरहेका छन्, त्यसले अब लाग्दैन कि उनले आफ्नो जादू फेरि देखाउन सक्नेछन् । उनी यस वर्ष फिल्म ुजिरोु लिएर आउँदैछन् ।

स्रोतः फिल्मी खबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja