पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै



पोखरा, ४ कात्तिक

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु हुँदैछ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्टले जानकारी दियो।“नेपालकै पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म आयोजना हुदँैछ।

पोखरा रङ्गशालाबाट माच्छापुच्छ«े र अन्नपूर्ण शृङ्खला स्पष्ट देखिन्छ । पोखरा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति हुने भएकाले विश्वमै पोखरा बारे राम्रो सन्देश जन्छ । यसले गर्दा सरकारको नेपाल भ्रमण वर्षको अभियानमा पनि सहयोग पुग्ने आयोजकको विश्वास छ । क्रिकेट लिगले खेलाडीको व्यावसायिकतासँगै पोखराको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्ने आशा गरिएको छ ।

पोखरा प्रिमियर लिग ९पिपिएल० टि–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०ले समेत मान्यता दिएको छ । पिपिएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजकको भनाइ छ ।यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ ।प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्वमा पूर्व क्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयरमा सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्वमा रामबहादुर विष्टसहितको व्यावसायिक युवा टोलीे छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् । पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेली सहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर छन् ।एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छन् । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्वमा राज्यलक्ष्मी गोल्छा र मार्की प्लेयरमा ज्ञानेन्द्र मल्ल छन् ।

प्रतियोगितको विजेताले रु २५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको बैंकिङ पार्टनर नविल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja