माइकल आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो



रासस/एएनआई

वासिङ्टन, ४ कात्तिक 

अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ ।

फ्लोरिडा प्यानह्यान्डलमा सबैभन्दा बढी क्षति गरेको २० दिनपछि मृत्यु हुनेको पछिल्लो संख्या सार्वजनिक भएको हो । फ्लोरिडापछि यस आँधीले मध्य अमेरिकामा पनि व्यापक क्षति गरेको थियो । यहाँ १३ जनाभन्दा बढीको मृत्यु भएको थियो ।

अमेरिकी जलवायू विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशकौंपछिकै सर्वाधिक खतरनाक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja