नगरपालिकालाई चार रोपनी जग्गादान



रासस
वालिङ, ४ कात्तिक ।

स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् ।

भिरकोट नगरपालिकाको भवन निर्माणमा भिरकोट नपा–१ दार्सिङ भर्लाकुनामा रहेको जग्गा स्थानीय समाजसेवी भीमलाल कर्माचार्य, गोविन्दकुमार कर्माचार्य, फत्तबहादुर केसी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले संयुक्तरूपमा दिएका हुन् ।

भिरकोट नगरपालिका–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता दीपेन्द्र केसीका अनुसार भीमलाल कर्माचार्यले एक रोपनी छ आना, गोविन्दकुमार कर्माचार्यले एक रोपनी छ आना, फत्तबहादुर केसीले एक रोपनी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले एक÷एक आना जग्गा उपलब्ध गराएका हुन ।

स्थानीयवासीले निःशुल्करूपमा उपलब्ध गराएको उक्त जग्गा चलनचल्तीअनुसार दुई करोडभन्दा बढी मूल्य पर्ने नगर प्रवक्ता केसीले बताए । “नगरपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्ति भएसँगै अब हामी भवन निर्माणतर्फ अघि बढेका छौँ,” प्रवक्ता केसीले भने, “चार रोपनी क्षेत्रफलमा फैलने उक्त भवन अत्याधुनिक किसिमको ३२ कोठाको हुनेछ ।”

निर्माण थालिएको दुई वर्षमा सक्ने गरी कूल नौ करोड ७७ लाखको लागतमा ठेक्का सम्झौता भई कामको थालनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja