‘जय भोले’ लाई मल्टिप्लेक्समा उच्च सोज



पोखरा, ३० असोज ।

बुधबार प्रदर्शनमा आएको दीपा(दीपक क्याम्पको ुछक्का पञ्जा ३ु लाई मंगलबारदेखि प्रतिक्षीत फिल्म ‘जय भोले’ ले चुनौती दिँदैछन् । आइतबार साँझबाट सो फिल्मको अग्रिम बुकिङ खुल्ला गरिएको छ । फिल्मले मल्टिप्लेक्समा गतिलै सोज हात पारेको छ ।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीमा सञ्चालित आफ्ना ५ वटा हलबाट फिल्मलाई प्रदर्शनको पहिलो दिन कुल २४ सोज उपलब्ध गराएको छ । प्रदर्शनको दोस्रो दिन अर्थात् बुधबार पनि फिल्मलाई पहिलो दिनकै संख्यामा सोज प्राप्त छ ।

यस्तै, क्यूएफएक्सको चितवनमा रहेको जलमा फिल्मले ६ सोज, पोखराको सिनेप्लेक्समा ५ सोज र नेपालगञ्जको बाग्गेश्वरीमा पनि ५ सोज पाएको छ । ुछक्का पञ्जा ३ु को धङधङीका बीच पनि फिल्मले क्यूएफएक्सको च्यानलमा मात्रै ४० सोज पाउनु राम्रो हो । यो संख्यामा हलिउड र बलिउडका सुपरस्टारका फिल्मले मात्र सोज पाउँदै आएका थिए ।

फिल्मले राजधानीका अन्य मल्टिप्लेक्स क्यूज, बिग, एफक्यूब, सिने डी सेफ, विएसआरमा पनि उच्च सोज पाएको छ । निर्माण पक्षले रिलिजसँगै फिल्मले सोज बढाउँदै लग्ने विश्वास राखेको छ । ुछक्का पञ्जा ३ु को वर्चश्वबीच पनि फिल्मले मंगलबार सिंगल स्कृन ७० भन्दा बढी पाउने निर्माण टिमबाट जानकारी प्राप्त छ ।

यो फिल्मले दुई साथीबीचको आत्मीयता र प्रेमको कथा भन्छ । यसलाई बाह्र वर्षपछि कमब्याक गरेका अशोक शर्माले निर्देशन गरेका हुन् । यसअघि उनले ुट्रक ड्राइभरु, ुअल्लारेु, ुगरीबु लगायतका १० फिल्म निर्देशन गरिसकेका छन् । बाह्र वर्षपछि निर्देशनमा फर्किएका कारण पनि ‘जय भोले’ दर्शकमाझ प्रतिक्षीत छ ।

यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा उनी प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

स्रोतः फिल्मी खबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja