विन्ध्यवासिनी मन्दिरमा फूलपाती मित्र्याइयो



पोखरा, ३० असोज ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्लपक्ष(दुर्गापक्ष) सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ ।

फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

टीकाको दिन सार्वजनिक यातायातलाई सहज बनाइने:

विजयादशमी अर्थात टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाउँपालिकामा सार्वजनिक यातायातलाई सहज बनाइने भएकोछ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको पहलमा पृथ्वीराजमार्ग, पोखरा बस र ट्याक्सी व्यवसायी समितिको संयुक्त बैठकले उक्त प्रतिबद्धता गरेका हुन् ।

पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले समितिमा आवद्ध बसमध्ये ५० प्रतिशतअर्थात् एक सय ५० भन्दा बढी बसले टीकाको दिन सर्वसाधारणलाई सेवा प्रदान गर्ने बताए ।

ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाश तिवारीले समितिसँग आवद्ध माइक्रो बस उक्त दिन सञ्चालन गरिने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यातायात व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउँदै चाडपर्वका अवसरमा तोकिएको भन्दा बढी भाडा लिनेलाई कारवाही हुने बताए ।

टीकाको दिन बेलुका ६ बजेसम्म सार्वजनिक यातायातका साधन सहजरुपमा उपलब्ध हुने व्यववसायीले बैठकमा सामूहिक प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja