राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई



पोखरा, २८ असोज ।

नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

शनिबार भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । पुलिसका विरुद्ध २५–१७, २५–१३ र २५–२३ को अन्तरमा एपिएफले जित निकालेको थियो । यसअघि बुटवलमा भएको उन्नाइसौँ, इटहरीमा भएको बिसौँ र पोखरामा भएको एक्काइसौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि पनि एपिएफले नै कब्जा गरेको थियो ।

विजेता एपिएफले उपाधिसहित रु ५० हजार प्राप्त गरेको छ । उपविजेता पुलिसले रु ३० हजारसहित ट्रफी प्राप्त ग¥यो । प्रतियोगितामा प्रदेश नं. ५ लाई ३–० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताबाट उत्कृष्ट १८ र वैकल्पिक छ गरी २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीलाई राष्ट्रिय टोली तयारीका लागि बन्द प्रशिक्षणमा राखिने नेपाल भलिबल संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja