फ्लोरिडाका आँधी पीडितहरुको खोजी र उद्धारको काम शुरु



रासस,एएफपी
पानामा सिटी, संयुक्त राज्य राज्य अमेरिका, २६ असोज  

अमेरिकाको फ्लोरिडालगायतका राज्यमा भएको आँधी पीडितहरुको उद्धारको काम शुरु गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडासहितका तीन ओटा राज्यमा आएको आँधीका कारण भएको क्षतिको खोजी गर्नुका साथै यसका पीडितको उद्धारका लागि विशेष उद्धार समूह परिचालन गरिएको छ ।
‘माइकल’ नामक यस आँधी ‘क्याटगोरी ४’ अर्थात निकै शक्तिशालीको सूचीमा रहेको छ । माइकल अमेरिकामा ८० वर्षयताकै शक्तिशाली आँधी भएको जनाइएको छ ।
अमेरिकाको तीन ओटा राज्य प्रभावित हुने गरी आएको यस आँधीमा परी छ जनाको ज्यान गएको छ । यसबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको बताइएको छ । फ्लोरिडा राज्यको पनि उत्तरपश्चिमी क्षेत्र प्यानह्यान्डल सबैभन्दा बढी प्रभावित भएको छ
मेक्सिकोतर्फको समुद्री किनारमा आँधी आएपछि त्यसले वरपरका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ । सयौँ घर उडाएको छ भने बाटोघाटोलगायतका आधारभूत सञ्चार र संरचनामा ठूलो क्षति पुगेको छ ।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले आँधीले अकल्पनीय क्षति पु¥याएको बताए । यसबाट भएको क्षतिको विवरण सङ्कलनका साथै हराएका व्यक्तिको खोजीकार्य शुरु गरिएको उनले बताए ।

उनले भने– हराएका व्यक्तिको खोजी र उद्धार पहिलो प्राथमिकता हो र यसका लागि हामीले प्रभावकारी मानिएको उद्धार समूह परिचालन गरेका छौँ ।

उनले एबिसी मिडियासँगको कुराकानीमा े भने – यो आँधी निकै नै शक्तिशाली हो तर पनि मानवीय क्षति त्यति धेरै भएको छैन । तर हराएका व्यक्तिहरु अझै पनि कतै जिवीतै रहेको हुनसक्ने भएकोले उनीहरुको जिवीतै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ ।

करिब २ हजार जना फ्लोरिडाका सैनिक खोजीका लागि परिचालन गरिएको जानकारी अमेरिकी सैनिकले जनाएको छ । सैनिकको साथमा अरु तालिमप्राप्त उद्धारकर्मीहरु पनि खटेका सेनाले जनाएको छ ।

फ्लोरिडा र यसको छिमेकी अरु दुई राज्यका ४ लाखभन्दा बढी घर विद्युतविहीन भएका छन् । ती क्षेत्रमा विजुलीको व्यवस्थाका लागि विद्युत सेवाका करिब २० हजार जना कर्मचारीलाई खटाइएको उक्त कार्यालयले जनाएको छ ।

मेक्सिको समुद्री किनारबाट प्रतिघण्टा करिब १५५ माइल गतिमा आएको यस आँधीका कारण भएको सबै क्षतिको विवरण प्राप्त भएको छैन ।

यसबाट छ जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताइएको छ । यस आँधीले ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पु¥याएको बताइएको छ ।

आँधी पीडितको सहयोगका लागि अमेरिकी सरकारले सबैसँग अनुरोध गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja