अनमोल-सुहानाको ‘ए मेरो हजुर ३’ फर्स्टलुक रिलिज



पोखरा, २६ असोज ।

सुपरस्टार अनमोल केसीले पहिलो पटक ुफिल्मी ब्लडु सँग काम गर्दैछन् । ‘ए मेरो हजुर ३’ मा उनको जोडी अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापासँग बाँधिएको छ । शुक्रवारबाट फिल्मको औपचारिक रुपमा छायांकन आरम्भ भएको छ ।

चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको फ्लोरमा निस्किँदै गर्दा फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल र सुहाना फिचर्ड छन् । दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा अनमोेलको हातमा गितार देख्न सकिन्छ ।

झरना थापाले दोस्रो पटक निर्देशन गर्ने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । यो फिल्ममा अनमोल एक गायक र सुहाना एक फ्यानकोे भूमिकामा देखिनेछन् । फिल्म सांगीतिक लभस्टोरी रहेको बताइएको छ फिल्ममा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहनेछ । रोशन श्रेष्ठले द्वन्द्व निर्देशकको जिम्मेवारी पाएका छन् । ‘ए मेरो हजुर ३’ लाई सञ्जय लामाले खिच्नेछन् ।

स्रोतः फिल्मिखबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja