परामर्श बैठक उपलब्धिमूलक



पोखरा, २६ असोज ।

कर्णाली प्रदेश सरकार र यसद्वारा गठित विज्ञ समूहबीचको परामर्श बैठक उपलब्धिमूलक भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक गए राति सम्पन्न भएको हो । बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका विषयमा बैठक केन्द्रित रहेको थियो । “बैठकमा विज्ञ समूहले बजेट कार्यान्वयनका लागि महत्वपूर्ण सुझाव दिएका छन्” केसीले भने, “मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय गरेर बजेट कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउँछौं ।” सरकार र विज्ञ समूहबीचको परामर्श बैठकले बजेट कार्यान्वयनमा देखिएको अन्योलता हटाएको उनको धारणा थियो ।

बजेट कार्यान्वयन गर्न प्रदेश सार्वजनिक खरिद ऐन नबनेसम्म प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार काम गर्न र सो ऐनले नसमेटिएका विषयमा संवैधानिक अधिकार प्रयोग गरी यसको कार्यविधि निर्माण गरेर काम गर्न विज्ञ समूहले सुझाव दिएको छ । बजेट कार्यान्वयनका लागि आवश्यक प्राविधिक जनशक्ति तथा परामर्शदाता सेवा करारमा भर्ना गरी बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई बाधा नपर्ने विज्ञ समूहका सदस्यले सल्लाह दिएका छन् ।

बैठकमा मुख्यमन्त्री शाही, मन्त्री प्रकाश ज्वाला, नरेश भण्डारी, दल रावल, खड्कबहादुर खत्री, नन्दसिंह बुढा, विज्ञ समूहका संयोजक जनार्दन शर्मा, सदस्य डा पुण्य रेग्मी, डा सुरेश तिवारी, डा कुशेन्द्र महत, डा कृष्णप्रसाद पौडेल, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, प्रमुख सचिव रामप्रसाद थपलियासहित प्रदेश सरकारका विभागीय मन्त्रालयका सचिवको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja