नेपाल–सुरीनामबीच दौंत्य सम्बन्ध



पोखरा, २६ असोज ।

नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ ।

दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र सुरीनामबीच दुई पक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja