काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु



(रासस,सिन्ह्वा) 

श्रीनगर, २५ असोज

  भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । 
भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो । 

हान्दवारा जिल्लामा भएको दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी मारिएका प्रहरी प्रवक्ताले बताउनु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो । 
यस दोहोरो झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जानकारी दिइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja