मन्दिरको विकासका लागि धार्मिक महोत्सव



पोखरा २५ असोज ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरु भएको छ ।

मन्दिर क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन रकम सङ्कलन गर्ने उद्देश्यले ‘तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति’को आयोजनामा धार्मिक महोत्सव शुरु भएको हो ।

महोत्सव शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने बताए ।

गण्डकी प्रदेश सांसद आशा कोइरालाले मन्दिरको विकासका लागि सबै स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्ने गरिएको बताए ।

असोज ३० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा रु २५ लाख सङ्कलन गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष श्रीराम अधिकारीले बताए । उनका अनुसार महोत्सवको पहिलो दिनमै रु दुई लाख ९५ हजार ३३८ सङ्कलन भएको छ । धार्मिक महोत्सवबाट सङ्कलित रकमले मन्दिरको विकासमा खर्च गरिने उनले जानकारी दिऐ । उक्त महोत्सवमा सामूहिक कालसर्प योगशान्ति, चौरासी पूजा, सामूहिक ब्रतवन्ध, ग्रहशान्ति तथा लाखबत्ती बाल्ने कार्यक्रमसमेत छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja