मुटु रोग लागेको कसरी थाहा पाउने ?
पोखरा, २३ असोज ।
मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ। हामीलाई मुटुरोग लागेरनलागेको कसरी पत्ता लगाउन सकिन्छ ?
मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन्। मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरू रहेको मुटुरोग विशेषज्ञहरु बताउँछन् ।
मुटुरोगका लक्षण यस्ता छन्ः
१. छातीको बिचको भाग दुख्नु
२. दम बढ्नु
३. खुट्टाहरु सुन्निनु
४. घाटीँको रक्तनली फुल्नु
५. ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु
६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु
७. टाउको दुख्ने र चक्कर लाग्नु
८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु
९. कफमा रगत देखा पर्नु
१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु
११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु
१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु