भुटानमाथि नेपालको फराकिलो जित



पोखरा २३ असोज ।

टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ ।

प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६।४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।
भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३(३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक(एक विकट लिए ।

यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।

नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भए, जतिबेला टिमको स्कार मात्र ६ रन थियो । तर, अनिलकुमार साहले प्रदिपसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भए । आरिफ शेखले १३ रन जोडे ।
ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे । ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja