चिनीको नयाँ मुल्य तोकियोः रु.७० भन्दा बढिमा बेचे कार्बाहिमा पर्ने
पोखरा,१७ असोज ।
चाडबाडलाई मध्यनजर गर्दै सरकारले चिनीको खुद्रा मुल्य तोकेको छ । तोकिएकोभन्दा बढिमा बेचे कार्बाहिमा परिने सरकारले जनाएको छ ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकायादवसहितको बैठकले चिनीको खुद्रा मुल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने र यहिअनुसार व्यवस्था मिलाउने निर्णय भएको छ । यो निर्णयअनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण निकायलाई निर्देशन दिइएको र निर्देशनअनुसार बजार अनुगमन तिब्र पारिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले दाबी गरे ।