इन्डोनेसियन सरकारले गरेको भुकम्पको संघर्षमा यु.के.ले पुनरावेदन गरेको छ



पोखरा, १८ असोज ।

यु.के.ले इन्डोनेसियामा भुकम्प र सुनामीमा परी ज्यान गुमाउनेहरुलाई आर्थिक सहयोगको लागि च्यारिटिहरु गर्ने भएको छ ।

गएको शुक्रबार इन्डोनेसियाको सुलावेशी टापुमा गएको ७.५ म्याग्निच्युटको भुकम्प र सुनामीमा परी ज्यान गुमाउनेहरुको संख्या आधिकारीक रुपमा १,४०७ पुगिसकेको छ । तर अझै दुर्गम क्षेत्रमा खोजी कार्य नसकिएको हुनाले मृतकसंख्या बढ्ने अनुमान गरिएको छ ।

देशमा ठुलै धनजनको क्षति भएको र मानिसहरुमा गासबास नभएको कारणले गर्दा मानिसहरु सडकहरुमा माग्न थालेका छन् र पसलहरु चोरी हुन थालेका छन् । द डिजास्टर इमर्जेन्सी कमिटि (डिइसी) ले अति आवश्यक समयमा १४ वटा यु.के. एअड च्यारिटि , सेभ द चिल्ड्रेन, ब्रिटिस रेड क्रसद्वारा सहयोग जुटाएको छ । डिइसी प्रमुखले सलेह साइदले भने, “यहाँ तत्काल खाना, पिउने पानी, औषधि उपचार र बासको खाँचो छ ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja