गीता खत्रीको कथासंग्रह ‘अन्त्यहीन इच्छा’को चर्चा परिचर्चा



पोखरा, १७ असोज ।
साहित्यकार गीता खत्रीको कथासंग्रह ‘अन्त्यहीन इच्छा’ को बुधबार पोखरामा चर्चा परिचर्चा गरिएको छ ।

अन्तराष्टिय नेपाली साहित्य समाजकी पूर्व अध्यक्षसमेत रहेकी खत्रीले अमेरिका बसाइँमा लेखेकी उक्त कथासंग्रहभित्र १७ वटा कथा संग्रहित छन् ।
वरिष्ठ पत्रकार बद्रिविनोद प्रतिकले कथासंग्रहको चर्चा परिचर्चा गर्दै कथासंग्रहभित्र संग्रहित १७ वटा कथाहरुमा विविध रसहरु भएको उल्लेख गरे । कृतिकार खत्रीले स्वदेसी र विदेशी समाजहरुमा भोगेका अनुभवहरुलाई आफ्नो कथामा समेटेको चर्चा गरे ।कथासंग्रह भित्रको कथाहरुको भाषाशैली र लेख्ने कला सरल रहेको प्रतिकले उल्लेख गरे ।
कथासंग्रहमा कथाकारले आफ्नो २० वर्ष अगाडिदेखीको अनुभवलाई समेटेको कुरा खत्रीले बताइन् ।
कार्यक्रममा आमन्त्रीत प्रमुख व्यक्तित्व प्राज्ञ तिर्थ श्रेष्ठले खत्रीलाई विदेशको समुद्रमा फुल्ने फुल नभई स्वदेशको माटोमा फुल्ने फुल हुनु भनेर सुभकामना दिए ।
कार्यक्रममा साहित्यकार खत्रीलाई रेडियो जननी, अलिमिया लोकबाङ्मय प्रतिष्ठान, नारी प्रतिभा बाङ्मय प्रतिष्ठान र लेखनाथ साहित्य बाङ्मय प्रतिष्ठानले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja