इन्डोनेसियामा फेरी गयो भुकम्प, १३ सय बढि मृतक नाघे ।



पोखरा, १७ असोज ।
इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीको कारणले १३ सय बढिको मृत्यु र ६० हजारभन्दा बढि व्यक्ति विस्थापित भइसकेका छन् ।

मंगलबार एक होटलको भवन भग्नाबशेषबाट १५ जनालाई उद्धार गरिएको थियो । अझैपनि मानिसहरू भग्नाबशेषमा जीवित रहेको आशमा उद्धार कार्य जारी राखिएको छ ।
इन्डोनेसियाका राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोका अनुसार ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल र ठूला व्यापारिक भवनमा क्षतिग्रस्त भएका छन् । उद्धार र खोजी कार्यका लागी साढे ६ हजार सुरक्षाकर्मी गरिएको र १०९ स्थानमा विस्थापितहरुलाई राखिएको छ ।

इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा मंगलबार विहान पनि दुई पटक भूकम्पको धक्का महसुस गरिएको थियो । शुक्रबार शक्तिशाली भूकम्प गएको इन्डोनेसियामा मंगलबार विहान पुनः गएको भूकम्पबाट मानिसहरु थप त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja