महिला हिंसा विरुद्ध पोखरामा सचेतना कार्यक्रम



पोखरा, १६ असोज ।
पोखरामा महिला हिंसा विरुद्धमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकमा ‘युवा नर्स जागरण अभियान’ र ‘युनाइटेड युथ पोखरा’को आयोजना र पोखरा फिस्टेल नर्सिङ क्याम्पसका छात्राहरुको सहभागितामा उक्त कार्यक्रम गरियो । कार्यक्रमको मुख्य उद्देश्य ‘महिला हिंसा विरुद्ध अभियान– सबैका लागी न्याय’ नाराका साथ देशमा बढ्दो महिला हिंसा, बलात्कार, अन्यायका विरुद्ध सचेतना फैलाई सबैलाई यस्तो परिस्थिति कसरी न्युन गर्ने र अन्याय भोगिरहेकाले न्याय पाउन भन्ने थियो ।

हालसालै देशमा घटेको श्रेया बि.क., पुष्पा के.सी., निर्मला पन्त जस्ता अबोध बालिकाको बलात्कारपछि भएको हत्याको घटना र निर्मला जस्ता पिडितको अझै न्याय नभएको र उनीहरुले न्याय पाउनुपर्छ भन्ने मागका साथ कार्यक्रम गरिएको थियो । कार्यक्रममा ‘निर्मलाको लागी न्याय’ भन्ने शिर्षकमा सडक नाटक पनि गरिएको थियो । नाटकको नाम ‘निर्मलाको लागी न्याय’ भन्ने भए पनि यो नाटक ती सबैको लागी हो जसले निर्मलाले जसरी अन्याय भोगिरहेका छन भनि कार्यक्रमका संचालक तथा युवा नर्स जागरण अभियानकी संयोजक सरस्वती गुरुङले बताइन ।
कार्यक्रममा डा. निर्मल लामिछानेले यस्तो महिला हिंसा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा बोली उपायहरु दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja