रोनाल्डोको विरुद्ध बलात्कारको आरोप



पोखरा, १५ असोज ।
रियल मेड्रिड स्टार क्रिस्टियनो रोनाल्डोको विरुद्ध बलात्कारको आरोप लागेको छ । यसलाई रोनाल्डोले ठाडै अस्वीकार गरेका छन् ।
एक अमेरिकी महिलाले हालै मात्र रोनाल्डोमाथि आफूलाई २००९ मा बलात्कार गरेको दाबी गरेकी हुन् । तर रोनाल्डोले यसलाई ‘गलत समाचार’ भन्दै आरोप अस्वीकार गरेका छन् ।
इन्स्टाग्राममा पोष्ट गरिएको भिडियोमा भनिएको छ, “उनीहरु मेरो नाम प्रयोग गरेर आफूलाई अगाडि बढाउन चाहन्छन् । यो समान्य हो ।”
यो समाचार जर्मन पत्रिकाले छापेको हो र रोनाल्डोका वकिलले बलात्कारको आरोप छाप्ने जर्मन पत्रिकाविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।
पत्रिकामा रोनाल्डोले २००९ मा लसभेगसको एक होटलमा आफूलाई बलात्कार गरेको अमेरिकी महिलाको दाबी उल्लेख छ । ३४ वर्षीय महिलाले प्रहरीमा उजुरी समेत दिएकी छन् । २०१० मा ३ लाख ७५ हजार डलरमा सहमति भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja