प्रधानमन्त्री ओलीलाई अमेरिकामा कालो झण्डा



पोखरा, १४ असोज ।
प्रधानमन्त्री के.पि. शर्मा ओलीलाई अमेरिकामा रहेका मधेशीहरुले कालो झण्डा देखाएका छन् ।
संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई त्यहाँ बस्ने मधेशीहरुले कालो झण्डा देखाएका हुन् । अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरुसँगको भेटघाट समेत त्यहाँका मधेशीहरुले बहिष्कार गरेका छन् ।
मधेशी एशोसिएशन इन अमेरिका ९मा० को संयोजकत्वमा सो विरोध कार्यक्रम भएको ‘मा’ का प्रतिनिधि सतेन्द्र साहले जानकारी दिए । उनले भने, ‘हामीले अमेरिकामा ‘मा’ को अधिवेशन गर्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बोलाएका थियौं तर प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिनुभयो । त्यसकै विरोधमा आज उहाँको विरोध गरेका हौं ।’ अमेरिकामा रहेका मधेशी समूदायको छाता संगठन मधेशी एशोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएको थिएन । अमेरिकाका मधेशीहरुले प्रधानमन्त्री जाने सार्वजनिक कार्यक्रम पनि वहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja