नासाका वैज्ञानिकहरुले सोलार सिस्टमको बाहिरी सिमारेखा पत्ता लगाए
पोखरा, १२ असोज ।
नासामा काम गर्ने वैज्ञानिकहरुले सौर्य प्रणालीको बाहिरी सिमारेखा पत्ता लगाएको दाबी गरेका छन् । उनीहरुले यसको हाइड्रोजन वाल भनेर नामाकरण गरेका छन् । उनीहरुका अनुसार उनीहरुको नयाँ होराइजन अन्तरिक्षयानद्वारा त्यो अदृश्य घेरालाई देख्न सकिन्छ । वैज्ञानिकहरुले यसको नाम “हाइड्रोजन वाल” भनि नामाकरण गरेका छन् । यो हाम्रो सोलार सिस्टमको किनारामा रहेको छ ।
वैज्ञानिकहरुद्वारा हाइड्रोजन वालको व्याख्या यसरी गरेका छन् कि जहाँ सौर्य बतासका फोकाहरु बन्द हुन्छन् त्यहि क्षेत्रलाई हाइड्रोजन वाल भनिन्छ ।