आफ्नो विद्युतिय सामानको सुरक्षा कसरी गर्ने ?



पोखरा, ८ असोज ।
मानिसहरुले आफ्नो विद्युतिय सामानहरु दैनिक बिगारीरहेका छन् र करोडौँ रुपैँयाको नोक्सान भइरहेको छ । यहाँ हामी आफ्ना सामानहरु कसरी सुरक्षित राख्ने भनेर चर्चा गर्नेछौँ ।
१. सामानहरुमा बाहिरी खोल राख्नुहोस् जसले फोनलाई सामान्य खसाइ वा ठक्करहरुबाट टुटफुट हुनबाट बचाउँछ ।
२. विद्युतिय सामानहरुलाई सधैँ सफा राख्नुहोस् । यसलाई धुलोबाट अलग राख्नुहोस्, घरपालुवा जनावरहरु, सानासाना केटाकेटीहरु, पानी तथा खानाबाट अलग राख्नुहोस् । यदि तपाइँ किचनमा काम गर्दै हुनुहुन्छ भने र तपाईँको उपकरणमा पानी परेमा तुरुन्तै चामलभित्र त्यस उपकरणलाई केहि मिनेट राखेर बाहिर निकाली सफा गर्नुहोस् ।
३. प्रोटेक्सन प्लान किन्नुहोस् । यदि तपाइँले महङ्गो उपकरणहरु प्रयोग गर्नुहुन्छ र घरमा त्यो चलाउने बच्चाबच्ची र वृद्धवृद्धाहरु पनि छन् भने २०–३० डलरमा यो प्लान किन्नुहोस् र यदि तपाइँको उपकरण बिग्रेमा कम्पनिले नयाँ उपकरण साटिदिन्छ वा बनाउन मिल्ने कुरा बनाइदिन्छ ।
४. तपाइँको उपकरणहरु सफा, चम्किलो र सुरक्षित राख्न स्क्रिन गार्डको प्रयोग गर्नुहोस् र दाग तथा धब्बाबाट जोगाउन पेपर वा पानीको प्रयोग नगर्नुहोस् तर क्लिनिङ स्प्रेको प्रयोग गर्ने गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja