बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

पोखरा, ८ असोज ।
यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ ।
खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजाकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । नेपाली खेलकुद टोली असोज १५ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।
अघिल्लो संस्करणको विजेता नेपाल आइतबारसम्म प्रतियोगिता खेल्ने नखेल्ने दोधारमा थियो । आइतबार अघिल्लो संस्करणमा विजेतावापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ ।
एन्फाले पछिल्लो संस्करणको विजेताबापतको पैसा नपाए प्रतियोगिता नखेल्ने बङ्गलादेश फुटबल महासङ्घलाई जानकारी गराएपछि आइतबार बङ्गलादेश फुटबल सङ्घले नेपाललाई दिनुपर्ने २५ हजार डलर उपलब्ध गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
‘हामीले दिएको समयसीमाभित्र बङ्गादेश फुटबल महासङ्घले पैसा उपलब्ध गराएको छ, अब हामी प्रतियोगितामा सहभागिता जनाउछौँ’, उनले भने । सोही रकमबारे छलफल गर्न महासचिव तुलाधर अघिल्लो साता ढाका गएका थिए ।
नेपाल ३१ महिनाअघि बङ्गबन्धु गोल्डकपको चौथो संस्करणमा च्याम्पियन हुँदाको पाउन बाँकी २५ हजार अमेरिकी डलर पुरस्कार बङ्गलादेश फुटबल महासङ्घ ९बिएफएफ० ले आइतबार अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० लाई पठाएको हो भने २५ हजार त्यतिबेलै पाएको थियो ।
बङ्गबन्धु सहभागिताले ए डिभिजन खेलतालिका प्रभावित हुने
यसैबीच पाँच वर्षको अन्तरालमा हुन लागेको ए डिभिजन लिग भने बङ्गबन्धुको सहभागितासँगै केही समयका लागि स्थगित हुने सम्भावना देखिएको छ । ए डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १५ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । राष्ट्रिय टोलीका खेलाडी ए डिभिजनका छ क्लबमा आबद्ध छन् । बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राखिँदा ती क्लबलाई अप्ठेरो पर्र्ने क्लबले बताउँदै आएको छ ।
बङ्गबन्धुमा सहभागिता निश्चित भएसँगै लिगका खेल केही तलमाथि हुनसक्ने लिग निर्देशक सञ्जीव मिश्रले बताए । ‘बङ्गबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेल तालिका सार्वजनिक गरेका हौँ । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छ ।’ उनले भने ।
एन्फा महासचिव तुलाधरले सोमबार एन्फा पदाधिकारी र लिग कमिटीबीचको छलफलपछि यसबारे निर्णयमा पुगिने जानकारी दिए । महासचिव तुलाधरका अनुसार ए डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्ध नभएका ६ क्लबबीचको खेल सञ्चालन गर्ने यी दुई विकल्पबारे छलफल हुनेछ ।
काठमाडौँ– यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ ।

(स्रोतः रासस)

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल

©2024 Pokharaaaja