बलात्कारीलाई सजाय बढ्यो



पोखरा, ८ असोज ।
अब बलात्कारीलाई सजाय बढेको छ । यसअघि १० वर्षमुनिकी वालिका करणी गरे १६ देखी २० वर्ष जेल सजाय काटे पुग्थ्यो तर अहिले अपराध संहितामा संशोधन गरी १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्मकैदको व्यवस्था गरेको छ । अब बलात्कारीले २५ वर्ष जेल बस्नु पर्नेछ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पहिलोपटक पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे पनि जन्म कैदको व्यवस्था गरेको छ । १० देखि १४ वर्षसम्म बालिका बलात्कार गरे १८ देखि २० वर्षसम्म सजायको व्यवस्था गरिएको छ। यसअघि यो सजाय १४ देखि १६ वर्षसम्म थियो।
त्यस्तै पूर्ण अशक्त र अपाङ्गता भएकी महिलालाई बलात्कार गरे जन्मकैदको व्यवस्था राखिएको छ।
प्रतिवेदन राष्ट्रिय सभामा आउँदो ९ गते पेश गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja