‘धूम ४ मा अभिषेकको ईन्ट्री अझै अन्योल



पोखरा, ४ असोज ।

लगातार ऋतिक रोशन र मिस्टर परफेक्शनिस्ट आमिर खानको अभिनयले धूम को तीन सिरिज सुपरहिट भएको थियो । अब यसको चौथो पार्टको तयारी चलिरहेको छ । तर, यो फिल्मको नयाँ सिरिजको अझै केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

केही दिनयता खबर आएको थियो कि बलिउड अभिनेता शाहरुख खान ‘धूम ४’ मा हुनेछन् । तर, पछि यो फिल्मलाई लिएर कुनै खबर बाहिर आएको छैन । अभिनेता अभिषेक बच्चनको भनाईलाई मान्ने हो भने ‘धूम ४’ को दर्शकले लामो समय प्रतिक्षा गर्नुपर्ने छ ।

अभिषेकको नयाँ फिल्म ‘मनमर्जिया’ ले बक्सअफिसमा खासै राम्रो व्यापार गर्न सकेको छैन । यस्तैमा ‘धूम ४’ बाट उनको करिअरलाई केही राहत मिल्न सक्छ । तर, अहिलेसम्म उनलाई उक्त फिल्मबाट अप्रोज नै गरिएको छैन ।
मलाई यस विषयमा अहिलेसम्म कसैले सम्पर्क गरेको छैन’ वेबसाइड डीएनएसँग कुरा गर्दै जूनियर बच्चनले भने, ‘जब ‘धूम’ को सिरिज आउने चर्चा हुन्छ तब कयौं कहानी गढ्छ, तर म यी सबैमा विश्वास गर्दिनँ । जबसम्म मलाई आदित्य चोपडाको फोन आउँदैन ।’

‘गएको तीन पटक मलाई उहाँले फोन गरेर फिल्म गर्ने खबर गर्नुभएको थियो । तर अहिलेसम्म मलाई उहाँको फोन आएको छैन’, उनले भने । केही दिन अगाडि अभिषेकले ‘बन्टी र बबली’ को रिमेक गर्ने खबर बाहिर आएको थियो ।

उनी चाँडै आफ्नी श्रीमती ऐश्वर्या राय बच्चनसँग फिल्म ‘गुलाब जामुन’ मा काम गर्दैछन् । अभिषेक भन्छन्, ‘यो फिल्मको कहानी निकै हार्ट वार्मिङ छ, जुन मलाई र ऐशलाई मनपर्यो ।’ यो फिल्मलाई सर्भेस मेवराले लेखन तथा निर्देशन गर्दैछन् ।

( समाचार फिल्मि खबरबाट सााभार गरिएको )

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja