दैनिक एक मुठि बदामजन्य खानाले रोग र मृत्युको जोखिमबाट बचाउँछ



पोखरा, ३१ भदौ ।
बदामजन्य खाना (बदाम, ओखर, काजु इत्यादि) एकदम फाइबरजन्य, म्याग्नेसियमयुक्त, स्वस्थ र एकदम पौष्टिक खाना हुन् । नयाँ अनुसन्धानले यसको स्वास्थ्य फाइदाहरु हामीले सोचेको भन्दा पनि बढि रहेको पत्ता लगाएका छन् ।
दिनको एकमुठि बदामजन्य कुरा खानाले रोग लाग्नबाट २२ प्रतिशत कम गर्छ, डाइबिटिज रोगको सम्भावना ४० प्रतिशत र संक्रमित रोगको संभावना ७५ प्रतिशतले कम गर्छ भन्ने कुरा पत्ता लागेको छ । दिनमा १५ देखी २० ग्राम मात्र सेवन गरे पुग्छ ।
कुनै कुनै नटहरु, खासगरी ओखरका प्रकारहरुमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले अक्सिडेटिभ तनावहरुसँग लड्छ र संभवतः क्यान्सरको जोखिमलाई पनि कम गर्छ । बदामजन्य कुरामा चिल्लोपदार्थको मात्रा बढि भए पनि यसमा फाइबर र प्रोटिनको मात्रा पनि बढि मात्रामा हुन्छ र यसले मोटोपना बढ्ने जोखिम पनि कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja