कलाकार देशभक्त खनाल पक्राउ



पोखरा, २७ भदौ ।
चरित्र हत्याको आरोपमा कलाकार देशभक्त खनाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकद्वारा उनले चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटिलाई लक्षित गर्दै लेखेका थिएः ‘कलाकार संघको रामकेशर बोगटी जग्गा दलाल मात्र होईन भू–माफिया र भयानक ठग पनि हो । यस्ता ठगहरू नेपाल चलचित्र कलाकार संघको अध्यक्ष जस्तो गरिमामय पदमा एक मिनेट पनि बस्न सुहाउँदैन ।’
अध्यक्ष बोगटीले आफ्नो चरित्र हत्या हुने गरि स्टाटस लेखेको भन्दै प्रहरीमा उजुरी दिएका थिए र यसको आधारमा कलाकार खनाललाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
कलाकार संघले समेत विज्ञप्ती जारी गर्दै कलाकार खनालको फेसबुक स्टाटसप्रति आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja