ग्याँसको मूल्य बढ्यो
पोखरा, २१ भदौ ।
नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको र अमेरिकी डलरको भाउ बढिरहँदा घाटा पनि बढिरहेको भन्दै मूल्य बढाएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य पनि बढाएको छ ।
आज राती १२ बजेबाट लागु हुने गरी सिलिन्डरमा रुपैँया २५, पेट्रोल लिटरमा १, मट्टितेल–डिजेल लिटरमा ३ रुपैँयाको दरले बढाउने निर्णय गरेको हो ।