बिमस्टेक शिखर सम्मेलनले नेपालको प्रतिष्ठा र क्षमता बढायोः प्रधानमन्त्री
पोखरा, १९ भदौ ।
प्रधानमन्त्री के.पि.शर्मा ओलीले भर्खरै सम्पन्न भएको चौथो बिमस्टेक शिखर सम्मेलनले नेपालको प्रभाव, प्रतिष्ठा, विस्वसनियता र क्षमताको वृद्धि भएको बताएका छन् ।
मंगलबार सदनलाई जानकारी दिँदै प्रधानमन्त्री के.पि.शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलनले नेपालको प्रभाव, प्रतिष्ठा, विस्वसनियता रक्षमताको वृद्धि भएको बताएका हुन् ।
विमस्टेक सम्मेलन सफल भएको भन्दै प्रधानमन्त्री के.पि.ओलीले सोही अवसरमा भारतका प्रधभामन्त्री नरेन्द्र मोदीसँग बिमस्टेकबाहेकका दुई देशका विभिन्न पक्षबारे कुराकानी भएको र म्यानमार र श्रीलंकाका राष्ट्रपतिसँग द्विपक्षीय भ्रमणको कुरा भएको सदनलाई जानकारी दिए । यो सम्मेलनबाट सदस्य राष्ट्रहरुबीच तनाब नभई सहजताका साथ भावी दिशा र गन्तव्यमा अघि बढ्ने साझा निष्कर्ष निकालिएको उनले उल्लेख गरे।