पोखरामा बुल्समेन राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता हुँदै



पोखरा, १० भदौ ।
पोखरामा भदौको १५ र १६ गते तेश्रो संस्करणको मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरीक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप हुने भएको छ ।

पोखराको खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल बुल्समेन क्लबले आयोजना गर्ने प्रतियोगितामा २० जिल्लाका करिब एक सयभन्दा बढि पुरुष र १५ जना महिला खेलाडीहरुले सहभागिता जनाउने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नुना गुरुङले बताए । अध्यक्ष गुरुङले प्रतियोगितामा बिदेशस्थित नेपाली एनआरएन खेलाडीहरुले समेत सहभागिता जनाउने छन् ।

प्रत्येक दुइ वर्षको अन्तरालमा आयोजना हुने यस प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथिको तौलसमुहमा प्रतिस्पर्धा हुनेछन् । यसैगरि, महिला फिट्नेशतर्फ भने शरिरको उचाईअनुसार प्रतिस्पर्धा क्लबले जनाएको छ । प्रतियोगिता पोखरा रंगशालास्थित नवनिर्मित बहुउद्देश्यीय कभर्डहलमा हुने भएको आयोजक बुल्समेनले बताएको छ ।

प्रतियोगितामा प्रत्येक तौल समुहमा पुरुषतर्फ प्रथम, द्वितिय र तृतियलाई नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने टाइटल बिजेता मिष्टर बुल्समेनलाई नगद ३ लाख प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । यसैगरि, महिलातर्फ प्रथम, द्वितिय र तृतीयलाई क्रमश नगद ४० हजार १ सय ११, ३० हजार १ सय ११ र २० हजार १ सय ११ का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख खर्च लाग्ने जानकारी दिंदै अध्यक्ष गुरुङले प्रतियोगिताबाट बचत भएको रकमले पोखरा रंगशालामा शारिरीक सुगठन खेलमा युवाहरुलाई आकर्षित गराउन एक आधुनिक व्यायामशाला निर्माण गरिने बताए । प्रतियोगिताका लागि देश विदेशबाट समेत अर्थिक सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै बुल्समेन क्लबका संरक्षक एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका उपाध्यक्ष सुनिल गुरुङले बुल्समेनले पोखराको खेलकुद र सामाजिक क्षेत्रमा आफूलाई स्थापित गर्दै युवाहरुलाई रोजगारमुखी बनाउनसमेत प्रेरणा जगाएको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja