१६ औं आहा रारा गोल्डको हिसाव–किताब सार्वजनिक, करिव २४ लाख आम्दानी



पोखरा, १० भदौ ।
सहारा क्लब पोखराले माघ ९ देखि २० गतेसम्म आयोजना गरेको १६ औं आहा रारा गोल्ड कपको हिसाब–किताब शनिवार सार्वजनिक गरेको छ ।१६ औं आहा रारा गोल्डकपमा कूल २३ लाख ७६ हजार ९७ रुपैंया बचत भएको पत्रकार सम्मेलनबीच क्लबले जनाएको छ ।
आय–व्यय सार्वजनिक गर्दै अर्थ संकलन उपसमितिका संयोजक टिकाबहादुर कार्कीले खेलाडी दैनिक भत्तामा मात्रै २८ लाख २२ हजार खर्च भएको बताउँदै ग्राउण्ड स्टेज र प्यारापिट निर्माणका लागि ६ लाख ३६ हजार ९८६ रुपैंया खर्च भएको जनाइएको छ । गत वर्षको पुरुस्कार तुलनामा टीडीएसवापतको १ लाख ८२ हजार कर आन्तरिक राजस्व कार्यालय पोखरामा दाखिला गरिएको संयोजक कार्कीले बताए ।
संयोजक कार्कीले पुरुस्कारवापतको यो वर्षको कर तिर्न भने बाँकी रहेको स्पष्ट पारे । उनले खर्च भएको रकममा यातायातमा १ लाख ३८ हजार, अतिथि सत्कारमा २ लाख ६ हजार, फोटो फ्रेम तथा मायाको चिनोमा १ लाख ६२ हजार, मञ्च व्यवस्थापनमा १ लाख ३० हजार र व्यानर कपडा तथा लेखाई खर्चवापत १ लाख ४१ हजार खर्च भएको जानकारी दिए ।
१६ औं आहा रारालाई १३ लाख ५० हजार रुपैयाँ मुख्य प्रायोजक रारा चाउचाउले प्रदान गरेको थियो भने राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख, गोर्खा ब्रुअुरीले ३ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको थियो । सहारा क्लब अष्टे«लियाले दोश्रो पुस्कारवापत २ लाख ५१ हजार, लुम्बिनी विकास बैंक, पृथ्वीराजमार्ग बस सञ्चालक समितिले १ लाख ५० हजार सहयोग गरेको क्लबले जनाएको छ ।
सहारा हङकङले सहयोग जुटाउने क्रममा १ लाख २६ हजार संकलन गरेको थियो भने रोयलले र नेपाल पर्यटन बोर्डले ७५/७५ हजार रुपैयाँ सहयोग गर्दै प्रतियोगितालाई सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja