पोखरामा विद्यालयस्तरिय बुद्धिचाल प्रतियोगिता शुरु



पोखरा, १० भदौ ।
पोखरामा दशौं बुद्धिचाल विद्यालयस्तरिय प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला बुद्धिचाल संघले आयोजना गरेको उक्त प्रतियोगिता भदौ ११ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा २७ बिद्यालयका १ सय २७ जनाले सहभागिता जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य बाबुराम पन्तले बुद्धिचाल खेलले जीवनमा धैर्यता, अनुशासन र खेल भावनालगायतका नयाँ गुणहरु सिकाउने उल्लेख गरे ।
सो अवसरमा कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक, कास्की जिल्ला ब्याडमिन्टन संघका सचिब नविन शाही, माधब पहारीलगायतले बोलेका थिए ।
कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष कर्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका लागि पोखरास्थित गुरुङ स्टोन हाउसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा बिजयी बिद्यालय र विद्यार्थीहरुलाई रनिङ शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja