भारत – पाकिस्तान सम्बन्ध सुधारको भूमीका खेल्न तयार छौँः चीन



भदौ ७, पोखरा । बुधबार चीनले भारत र पाकिस्तानबिचको सम्बन्ध सुधारमा रचनात्मक भुमिका खेल्न ईच्छुक रहेको बताएको छ । तथापी, रचनात्मक भुमिको अर्थ के हो भनेर चीनले खुलाएको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नयाँ समकक्ष पाकिस्तानका इमरान खानबिच द्विपक्षिय सम्बन्ध अगाडि बढेकोमा चीनले यसकोे प्रशंसा गरेको छ ।
चीनका विदेश मंत्रालयका प्रवक्ता लुआ कांगले भने, “हामी द्विपक्षीय सम्बन्ध सुधार गर्न भारतीय र पाकिस्तानी नेताहरुले गरेको सकारात्मक टिप्पणीको स्वागत गर्दछौँ ।”
लुआ कांगले जोड््डै भने, “भारत र पाकिस्तान चीनका छिमेकी भएका नाताले, चीनले वार्तालाई बढावा गर्न र पारस्परिक विश्वास बढाउन दुबै पक्षलाई दृढतापूर्वक समर्थन गर्दछ र ठिकसँग मतभेदहरु समाधान गर्न सहयोग गर्दछ । हामी आशा गर्दछौँ कि यी दुई देशहरु संयुक्त रुपमा क्षेत्रीय शान्ति र विकासको लागी प्रतिबद्ध रहन सक्नेछन । यो पक्षमा रचनात्मक भूमिका खेल्न चीन उत्सुक छ ।”
मोदीले आफ््नो चुनावको समयमा एउटा पत्र लेखेअनुसार पाकिस्तानका प्रधानमन्त्रीले “असल छिमेकी सम्बन्ध” निर्माण गर्ने आवश्यकतालाई जोड दिए र यस क्षेत्रको लाभ र विकासको पछि लाग्नुपर्ने बताए ।
मोदीले भारतीय उपमहाद्विप “आतंकवाद र हिंसाबाट मुक्त” गर्ने आवश्यकतालाई जोड दिए ।
मोदीको पत्रको प्रतिक्रियामा खानले यस्तो टिप्पणी गरे, “पाकिस्तान र भारत अगाडि बढ््नको लागी कश्मीर सहितका विवादहरुसँग छलफल र समाधान गर्नुपर्छ ।”
खानले भने यदि भारतले एक कदम उठाए पाकिस्तानले दुई कदम उठाउनेछ ।
चीन र भारतबिचको कश्मीर विवादमा चीनले तटस्थतालाई सार्बजनिक रुपमा राखेको छ । तर यसको राज्यले प्रायः सुझाव दिने गरेको छ कि बेइजिङले ती कट्टर प्रतिद्वन्दिहरुबिचको भूमिका खेल्न सक्छ ।
जूनमा, भारतका लागी चीनियाँ राजदूत लुओ जाहोहुले चीन–भारत–पाकिस्तान त्रिपक्षीय भेटघाटको सुझाव दिए । नयाँ दिल्लीले यो विचारलाई रद्द गर्यो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja