ट्यांकर मजदुरद्वारा माग पुरा नभए आन्दोलनको चेतावनी



भदौ ५, पोखरा । इन्धन ढुवानी गर्ने टयांकर मजदुरहरुले आफ्नो तलब तथा भत्ता बढाइदिन माग गरेका छन् । उनीहरुले आइतबार नेपाल आयल निगम र नेपाल पेट्रा्लियम ढुवानी व्यवसायी महासँघ समक्ष माग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले चालकको र सहचालकको मासिक तलब क्रमशः ३० हजार र २० हजार हुनुपर्ने साथै श्रम ऐन अनुसारको संचयकोष, दैनिक १ हजार भत्ता, ऐन अनुसारका बिदाहरु, सबै डिपोमा टेंकर पार्किङ्ग, शौचालय र आराम गृहको व्यवस्था; तथा चाड–पर्व बापतको तलब जस्ता सुबिधाका माग गरेका छन् ।
हाल देशभरीका १,७८६ टेंकरहरुमा करिब ३ हजार मजदुरहरु कार्यरत छन । उनीहरुको माग समयसापेक्ष सम्बोधन गरिनेछ भनी ढुवानी व्यवसाय महासंघका महासचिवले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja