सरकारले न्यायालयलाई धम्क्याएर नियन्त्रणमा लिन खोज्योः देउवा



२४ फागुन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले न्यायालयलाई समेत धम्क्याएर राज्यसंयन्त्रमाथि राजनैतिक नियन्त्रण जमाउन उद्त रहेको बताएका छन् ।

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघले बिहीबार केन्द्रीय पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वामगठबन्धनको सरकारले आफ्नो अनुकुलतामा राज्यका संबैधानिक अंगमाथि हस्तक्षेप गर्दै नियन्त्रण जमाउन खोजेको आरोप लगाएका हुन् ।

आफ्नो अनुकुलतामा राज्य संयन्त्रलाई प्रयोग गर्नका लागि सरकारले न्यायालयलाई समेत धम्क्याउन थालेको सभापति देउवाले जिकिर गरे ।

उनले सरकारका हस्तक्षेपकारी क्रियाकलापको सशक्त प्रतिकार गर्न संगठनलाई सुदृढ, मजबुत र बलियो बनाउन पनि महिला संघलाई निर्देशन दिएका छन् ।

महिला आरक्षण र राज्यका सबै निकायमा पहुँच पुर्‍याउने सवालमा राष्ट्रपति उपराष्ट्रपति, सभामुख उपसभामुख मध्ये एक महिला हुनै पर्ने संबैधानिक व्यवस्था गरिनु निकै राम्रो सुरुआत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja