शेरबहादुर देउवा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित



नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् । देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।

दलको नेता चयन गर्न सोमबार विहान मतदान भएको थियो । सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भएको थियो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको समर्थन रहेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूह भने दुवैतिर बाँडिएको बुझिएको छ ।

देउवाले वारेस मार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए । आफु व्यस्त रहेकाले देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराएका थिए । अंकगणितीय हिसाबले देउवा अगाडि रहेका कारण आफूलाई सर्वसम्मत गर्न पौडल पक्षसँग आग्रह गरेका थिए । देउवाले ६३ मध्ये ४० भन्दा बढी सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja