मानबहादुर विश्वकर्मा कांग्रेसको राष्ट्रपति चुनावमा उम्मेदवार



नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने नबनाउने भन्ने छलफल थालेको छ । साँझसम्म निर्णय हुने नेताहरु बताउँछन् ।कांग्रेसले उम्मेदवारी दिने निर्णय गरेको अवस्थामा मानबहादुर विश्वकर्मा उम्मेदवार हुने पक्का भएको छ । राष्ट्रपति चुनाव २९ गतेका लागि तय भएको छ । भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ । वाम गठबन्धनको भागवण्डामा राष्ट्रपति एमालेको भागमा परेको छ र उम्मेदवार टुंगो लगाउन अपराह्न स्थायी कमिटी बैठक बोलाइएको छ ।

एमाले–माओवादीको भागबण्डा अनुसार राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले पाउँने छ । तर उम्मेदवार भने अझै खडा भइसकेका छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच भएको सहमति अनुसार पुरानै अनुहारलाई दाहोर्याउने पक्का छ । वर्तमान राष्ट्रपति विद्या भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपति उम्मेदवारका दावेदार छन् ।

संसदमा प्रष्ट बहुमत भएकाले वाम गठबन्धनको उम्मेदवार नै राष्ट्रपति बन्ने पक्का छ । कांग्रेसमा हार्ने चुनावमा उम्मेदवारी दिने कि नदिने भन्ने बहस छ । केहीले हार्ने चुनावमा उम्मेदवारी दिन नहुने बताएका छन् भने केहीले निर्विरोध हुन दिन नहुने मत राखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja