यसरी हुँदैछ नेपालमा जाँड-रक्सी विरोधी आन्दोलन



 

पोखरा ,२४ फागुन, महिला भर्सेस मदिरा !

विगतदेखि नै नेपालका विभिन्न स्थानीय तह एवं गाउँहरुलाई मदिरा निषेधित घोषणा गर्ने गरिएको छ र यसमा विशेष गरी महिलाहरुले अगुवाइ गर्ने गरेका छन् ।

मदिरा सेवन पुरुषहरुले बढी गर्ने गरेको र यसबाट घरेलु झगडा एवं महिलामाथि उत्पीडन हुने गरेको भन्दै आमासमूह लगायतले मदिरा निषेधित क्षेत्र घोषणामा जोड दिने गरेको पाइन्छ । प्रहरीले पनि घरेलु रक्सी बरामत गरेर नष्ट गर्ने गरेको छ । तर, विपन्न समुदायका जनजाति, दलितहरूले प्रहरीको यस्तो व्यवहारबाट अाफूहरूको रोजीराेटीमाथि असर परेको गुनासो गर्ने गरेका छन् ।

नेपालमा विपन्न समुदायका धेरै मानिसहरूले  घरेलु जाँडरक्सी उत्पादन र विक्री गरेर परिवारकाे गर्जो टार्दै अाएका छन् । बहुल संस्कृतियुक्त नेपालमा कतिपय जातीय समुदायलार्इ अाफ्नो सामाजिक कार्यमा जाँड रक्सी अनिवार्य रूपमा चाहिन्छ ।

विगतमा कतिपय ठाउँमा त महिलाहरुले मदिराविरोधी आन्दोलनका रुपमा गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गर्ने गरेको पाइन्छ । नेपालमा यस्तो आन्दोलन विशेषगरी ‘महिला भर्सेस मदिरा’ का रुपमा प्रकट हुने गरेको छ । अर्थात मदिराविरोधी आन्दोलनलाई नेपालमा महिला हिंसाविरोधी आन्दोलनको अंगका रुपमा विभिन्न जिल्लामा अगाडि बढाएको देखिने गरेको छ ।

तर, जति ठाउँमा मदिरा निषेधित आन्दोलन भएका छन् र निशेधित क्षेत्र घोषणा गरिएका छन्, त्यहाँ व्यवहारतः घोषणाको कार्यान्वयन हुन सकेको देखिँदैनन् । यो अवस्थाले मदिरामाथिको प्रतिबन्ध सम्भव छैन भन्नेहरुलाई नै बल पुर्‍याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja