पोखरीया नगरपालिकाको कार्यालयमा वडाअध्यक्षले गरे तालाबन्दी



२१ फागुन, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकामा कर्मचारी नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्षहरु र स्थानीय युवाले तालाबन्दी गरेका छन् ।
वारुण यन्त्रका लागि आवश्यक कर्मचारी नियुसक्तिमा नगरपालिकाका मेयर दिपनारायण रौनियार र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले मनोमानी गरेको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नगरपालिका कार्यालयको मुल गेटमा तालाबन्दी गरेका कारण सोमबार दिनभर कार्यालयको कामकाज ठप्प भएको छ ।
उनीहरुले टायर बालेर बिरोध प्रर्दशन गर्नुको साथै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको विरोधमा नाराबाजी गर्नुको साथै पुत्ला दहन समेत गरेका छन् ।
नगर प्रमुख दिपनारायण रौनीयार, उप प्रमुख सल्मा खातुन र प्रशासकीय अधिकृत नाथु साहले बोर्ड बैठकबाट निर्णय नगरी आफू खुशी दुईजना चालक र सातजना फायर म्यान गरी नौजना कर्मचारी नियुक्त गरेको आरोप उनीहरुले लगाएका छन् ।
कर्मचारी नियुक्तिको विरोधमा पोखरीया नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष बन्का राउत कुर्मी, ३ का अजय साह कलवार, ७ का नन्दलालप्रसाद कुर्मी, ८ का किशोरीप्रसाद, ९ का रामबाबुप्रसाद चौहान र १० का सोनालालप्रसाद साह रहेका छन् ।
पोखरीया नगरपालिकाका प्रमुख रौनीयारले भने वारुण यन्त्र सञ्चालनका लागि कर्मचारी नियुक्त नगरिएको बताए । ‘आठ महिनाअघि खरिद गरिएको वारुण यन्त्र प्रयोग विहिन थियो । सुख्खासँगै हावाहुरीको मौसम शुरु भइसक्यो । जोखिमपूर्ण अवस्था देखेर तत्काल सञ्चालन गर्न खोजिएको हो,’ उनले भने, ‘कर्मचारी नियुक्त गरिएको नभइ नौ जनालाई तालिम लिनका लागि मात्र वीरगन्ज पठाइएको हो । तालिम पछि उनीहरुलाई दैनिक ज्यालादारीमा खटाइन्छ ।’
कर्मचारी नियुक्तिको सन्दर्भमा बोर्ड बैठकबाट निर्णय गरेर मात्रै हुने भएकोले आन्दोलन गर्नुको कुनै अर्थ नभएको भनाइ छ ।
वारुण यन्त्रको चालकमा हरिहर महरा र राजेशप्रसाद तेली तथा फायर म्यानमा मेघराज यादव, बलिराम गिरी, भगवान प्रसाद कुर्मी, ज्ञानी साह कानु, नन्दकिशोर प्रसाद, रमेशसाह कलवार र दिनानाथ चौरसीयालाई नियुक्त गरिएको उनीहरुको आरोप छ ।
उनीहरुलाई तालिमका लागि वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र शाखामा पठाइसकिएको पोखरीया नगरपालिका कार्यालयले जनाएको छ ।
पोखरीया नगरपालिका कार्यालयले आठ महिना पहिले ५२ लाख रुपैयाँमा खरिद गरेको वारुण यन्त्र, चालक र फायर म्यान नहुँदा इलाका प्रहरी कार्यालय परिसरमा अलपत्र छ ।

अनलाइन खबर बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja