सातै प्रदेशले पाए मुख्यमन्त्री,



प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्रीहरु नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् ।

 

प्रदेश १, २ र ५ मा बिहीबार नै मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ भने ४, ६ र ७ नम्बर प्रदेशमा क्याबिनेट गठन हुन बाँकी छ ।

विहीबार प्रदेश ६ र ७ मा माओवादी केन्द्रका नेताहरु महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री निर्वाचित भएसँगै सबै प्रदेशले मुख्यमन्त्री पाएको हो ।

संघीयतामा प्रवेशसँगै पहिलो मुख्यमन्त्री बन्ने भाग्यमानीहरुमा शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट छन् ।

प्रदेश १ मा शेरधन राई, प्रदेश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणि पौडेल र प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja