प्रदीप र जसिता स्टारर ‘लभ स्टेशन’ ट्रेलर रिलिज



पोखरा, २३ फागुन ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले कलरफुल ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, रोमान्स, विछोड, द्वन्द्व, कमेडी सबै मिश्रित छ । विशेषतः प्रदीप र जसिताको प्रेममा आउने उचारचढावमा ट्रेलर केन्द्रित छ । 

चैत २२ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप गायकको भूमिकामा छन् । जसिताले दार्जिलिङकी एक युवतीको भूमिका निभाएकी छन् । यसअघि यी दुईले फिल्म ‘लिलिबिली’ मा स्क्रिन साझेदारी गरेका थिए । दुईको जोडीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । फिल्मका निर्माता गोविन्द शाही हुन् । 

प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक घिमिरेले फिल्मले सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा हो । यसलाई आलोक शुक्लाले खिचेका हुन् । 

यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अभिनेता प्रदीपले यस फिल्मबाट ठूलो आशा बोकेको बताए । अभिनेत्री जसिताले ‘लभ स्टेशन’ मा काम गर्दा रमाइलो अनुभव भएको सुनाइन् । निर्माता शाहीले भने फिल्मलाई उतकृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताउँछन् ।

 

ट्रेलर यहाँ हेर्नुहोस्ः

फिल्मीखबरबाट

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja