‘क्याप्टेन’ को विकेन्ड कलेक्सन २ करोड ४० लाख



पोखरा, २१ फागुन ।

‘ऐश्वर्य’ फेम्ड निर्देशक दीवाकर भट्टराईको एक्सन-कटमा तयार भएको सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ ले हलमा प्रदर्शनको चार दिन पूरा गरेको छ । मंगलवारबाट पाँचौ दिनमा छ । पहिलो दिन (शुक्रवार) ओपनिङ सो औसत रहेपनि दिउँसो २ बजेबाट फिल्मले पिकअप लिएको थियो । शनिबारको बक्सअफिस भने आक्रामक रह्यो । दुई दिन हलमा अनमोलको गजबको स्टारडम देखिएको थियो ।

महाशिवरात्रीको विदालाई मध्यनजर गर्दै प्रदर्शनमा उत्रिएको फिल्मले आइतबार पनि राम्रो विजनेश गरेको छ । वितरक मनोज राठीले फिल्मको विकेन्ड कलेक्सन अर्थात् तीन दिनको कलेक्सन रिपोर्ट फिल्मीखबरलाई बताएका छन् । फिल्मले तीन दिनमा २ करोड ४० लाख ग्रस कमाई गरेको उनले बताए । उनका अनुसार, यो कलेक्सन यस वर्षको छक्का पञ्जा ३ पछिकै सर्वाधिक हो ।

देशैभर पहिलो दिन ६५ लाख कमाएको फिल्म ‘क्याप्टेन’ ले दोस्रो दिन (शनिबार) पहिलो दिनको तुलनामा दोब्बर कलेक्सन गरेको छ । शनिबार फिल्मले १ करोड २५ लाख छापेको छ भने तेस्रो दिन ९आइतबार० ५० लाखको व्यापार गरेको राठीले बताए । सोमवार पनि फिल्मले करोडको आसपास कमाई गर्ने उनको अनुमान छ । फिल्मको व्यापार उपत्यका र मोफसल दुबैतिर राम्रो रहेको उनी बताउँछन् ।

तर, उपत्यकामा बक्सअफिस प्रणाली लागू भए पनि फिल्मको यकिन कलेक्सन अझै मिडियाले त टाढाको कुरा निर्माता स्वयंले पाउन सकेका छैनन् । वितरक र निर्माताको कलेक्सन रिपोर्टलाई नै सत्य मान्नुको विकल्प मिडियासँग पनि छैन । ‘क्याप्टेन’ को विकेन्ड कलेक्सन रिपोर्ट कति सत्य छ रु त्यो भने वितरक र निर्माता नै जान्दछन् । ओपनिङ विकेन्ड हेर्दा भने फिल्मलाई घरेलु बजारबाट लगानी सुरक्षित गर्न गाह्रो नहुने देखिन्छ ।

फिल्मको विकेन्ड कलेक्सन राम्रो हुनुमा अनमोलको क्रेज, गीतसंगीत र ट्रेलरको महत्त्वपूर्ण भूमिका रहेका राठीको भनाइ छ । फिल्म १ करोड ८० लाखमा हलमै पुगेको हो । फिल्मले नेपालबाट ६ करोड ग्रस व्यापार गरे निर्माताको लगानी उठ्छ । ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण फिल्म लामो रेसको घोडा बन्ने वितरक राठीको विश्वास छ । उनले सोमवार पनि फिल्मको व्यापार शनिबारको नजिक हुने बताए ।

उनले भने(शिवरात्रीको सार्वजनिक विदाको फाइदा फिल्मले राम्रो उठाएको छ । बिहानको सो अपेक्षाकृत नभए पनि दिउँसो १२ बजेबाट फिल्मले देशभर हाउसफुल व्यापार गरेको छ । उपत्यका भित्र र बाहिरका अधिकांश सिंगल थिएटर र मल्टिप्लेक्सहरु भरिभराउ छन् । उनी ६ महिनापछि हलमा मेला लागेको बताउँछन् । यो फिल्म समीक्षकको नजरमा भने खरो उत्रन सकेको छैन ।

पिताको फुटबलमा देशलाई गोल्ड मेडल जिताउने सपना पूरा गर्ने एक छोराको संघर्षको पेरिफेरीमा फिल्म घुमेको छ । अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भने, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सुनिल थापालगायतका कलाकारहरुको पनि अभिनय छ । यसलाई भुवन केसीले बनाएका हुन् ।

 

filmykhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja