‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने, दिनेश निर्देशक ?



पोखरा, १३ फागुन ।

सन् २००९ सेप्टेम्बर ११ मा प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल निर्माण हुने भएको छ । एक दशकपछि निर्माण हुन लागेको सिक्वेललाई आइकोर फिल्मस् (प्रभु सम्सेर राणा) ले निर्माण गर्नेछ । लिड रोलमा आर्यन र नम्रता दोहोरिन्छन् वा दोहोरिँदैनन् ? त्यो भने तय भएको छैन । 

‘मेरो एउटा साथी छ’ बाट निर्देशक सुदर्शन थापाले निर्देशनमा डेब्यू गरेका थिए । यसको सिक्वेललाई भने ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने लगभग पक्का जस्तै छ । निर्माण कम्पनी र निर्देशक राउतबीच केही दिनमा कागजी सम्झौता हुँदैछ । मौखिक सहमती भने भइसकेको छ । निर्देशक राउतले केही दिन सोच्ने समय मागेको स्रोत बताउँछ ।  

‘प्रसाद’ को सफलताबाट दंग निर्देशक राउत लभस्टोरी फिल्म बनाउन खप्पिस मानिन्छन् । ‘मेरो एउटा साथी छ’ को सिक्वेलको कथा उनी स्वयंले लेख्नेछन् । निर्देशक राउत भने तत्काल यस विषयमा बोल्न नचाहने बताउँछन् । उनले कागजी सम्झौता नभएसम्म फिल्मको बारेमा केही नबोल्ने बताए । 

रोचक कुरा त के छ भने यो फिल्मको पहिलो भागमा सुदर्शनको असिस्टेन्ट थिए राउत । यसपछि उनले आर्यन र नम्रतालाई लिएर ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता सम्झनलायक लभस्टोरी फिल्म बनाए । अचेल आर्यनसँग सम्बन्ध चिसिएको चर्चा चलेता पनि अभिनेत्री नम्रतासँग भने निर्देशक राउत अत्यन्त नजिक छन् । आर्यन बिनै नम्रतालाई लिएर उनले ‘पर्व’ र ‘प्रसाद’ बनाइसकेका छन् । 

‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै गर्दा दर्शकले फेरि आर्यन र नम्रताको जोडी अवश्य पनि खोज्नेछन् । फिल्ममा जीवन लुइँटेल, दयाहाङ राई, जेनिशा मोक्तान, सुष्मा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय थियो । सिखा (नम्रता) र जय (आर्यन) को प्रेममा आउने उचारचढावमा फिल्म केन्द्रित थियो । यो दशक अगाडिको सुपरहिट फिल्म हो । 

 

Filmykhabar

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja