‘भ्यालेन्टाइन डे’ विशेष : १० प्रेमिल फिल्मी डायलग



पोखरा, २ फागुन ।

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस, प्रेम जोडीहरुका लागि महत्वपूर्ण दिन हो । प्रेममा रमाइरहेका प्रेम जोडीका लागि प्रणय दिवसको महत्त्व बेग्लै छ । जोडी खोज्दै गरेका र प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकालाई भने प्रेम दिवस उत्तम साइतको रुपमा लिइन्छ । यो दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। 

पश्चिमा देशहरुमा मनाइँदै आएको यो दिवस पछिल्लो समय नेपालमा पनि धुमधामसँग मनाउन थालिएको छ । विशेषगरी बेलायत, क्यानडा, अमेरिका, मेक्सिको, फ्रान्स, अस्ट्रेलियाजस्ता देशमा यसलाई विशेष रूपमा लिइन्छ । यसलाई वर्षभरिको सबैभन्दा ‘रोमान्टिक’ दिनको रूपमा लिन्छन् उनीहरू । 

‘भ्यालेन्टाइन डे’ मा हरेक कपललाई आफ्नो पार्टनरबाट एक उपहारको आश हुन्छ । कतिपय अवस्थामा एकअर्काको लागि मिठो वचन नै उपहारमाथि भारी पर्न जान्छ । नेपाली फिल्मको जस्तै कयौं पटक रियल लाइफमा पनि प्रेमी-प्रेमिका आफ्नो ‘लभ एक्सप्रेस’ गर्नका लागि रोमान्टिक र प्रेमिल फिल्मी डायलगको सहारा लिने गर्छन् । 

उनीहरुलाई लाग्छ कि यसबाट आफ्नो पार्टनरलाई निकै राम्रो ‘इम्प्याक्ट’ पर्छ । विभिन्न कालखण्डमा कयौं नेपाली फिल्ममा प्रेमको प्रस्तावलाई लिएर निकै सुन्दर डायलगहरु लेखिएका छन् । यो प्याकेजमा हामी ‘भ्यालेन्टाइन डे’ को अवसरमा तिनै रोमान्टिक डायलगहरुलाई ताजा बनाउने प्रयास गर्दैछौं । 

आज थाहा पाउँदैछु । यो पानीसँगको सम्बन्ध । प्रत्येक थोपाले तिम्रो आभास गराउँदो रहेछ । अनि म त्यसमै हराउँदो रहेछु । नोभेम्बर रेन

. मैले भनेको थिएँ नी म आफू भित्र जम्मा गरेर राखेको सप्पै माया एकदिन कसैलाई फिर्ता दिन चाहन्छु भनेर । तर, तिमीले दिएको माया चाहिँ कसैलाई पनि दिन्नँ । आफैं भित्र राख्छु । लभ सासा 

जुन दिन तिमीलाई माया गर्न मलाई कारण चाहिन्छ नी त्यो माया होइन स्वार्थ हो । ग्याङस्टार ब्लूज 

. मलाई थाहा छ तिमीले मलाई एक दिन मन पराउछु भनेर भन्ने छौ । तर भन्न ढिला नगर्नु नी । नत्र तिमीले भनौला मैले नसुनुला । नाई नभन्नू  

मुटु दुइटा हुँदैन । एउटा थियो । तिमीलाई दिए ।नाई नभन्नू    

. प्रेमको आभास हो तिमी । पल पलको मेरो सास हो तिमी । जिउने एक मात्र आश हो तिमी । त्यसैले त खास छौ तिमी ।  मेरो हजुर

. जसलाई चाहन्छु नी उसको लागि ज्यान दिन्छु । तर, जीवनबाट जान दिन्नँ । जोनी जेन्टलम्यान

. कसैका लागि फस्ट लभ हुन फिल्स ग्रेट तर लास्ट हुन पर्फेक्ट । र, म तिम्रो पर्फेक्ट हुन चाहन्छु । गाजलु 

पूर्नजन्म हुन्छ वा हुँदैन त्यो त मलाई थाहा छैन । तर, यति चाहिँ थाहा छ जीवन एकचोटीलाई हुन्छ । र, यही जीवन हजार पूर्नजन्म जसरी जिउनुपर्छ । लिलिबिली

१०रोजाई मनको थियो र पो तिमीलाई रोजेँ । आँखाको भइदिएको भए सारा संसार अगाडि थिए । प्रेमलीला 

 

 

filmykhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja