‘दबंग ३’ मा साउथ स्टार सुदीप भिलेन



पोखरा, ६ माघ ।

कुनै पनि एक्सन मसला फिल्म हेर्दा तबसम्म मज्जा आउँदैन जबसम्म भिलेन दमदार हुँदैन । यसकारण बलिउडका दबंग सलमान खान पनि यो मामलामा रिस्क लिन चाहँदैनन् । यसैले त उनी आफ्ना दर्शकलाई ‘फुलअन इन्टरटेनमेन्ट’ दिन कुनै कसर बाँकी राख्दैनन् । 

अब ‘दबंग ३’ मा चुलबुल पाण्डेको सामना पनि एक जोडदार भिलेनसँग हुने भएको छ । सलमानले जति नै सुपरहिट फिल्म दिए पनि उनका यस्ता फ्यान धेरै छन्, जो मात्र चुलबुल पाण्डे उर्फ ‘दबंग’ को दिवाना छन् । अहिले लामो समयदेखि उनी यसको तेस्रो सिक्वेलमा जुटेका छन् ।

यसबीच साउथका सुपरस्टारलाई दबंग ३ मा भिलेनको भूीमकामा देख्न पाइने भएको छ । फिल्ममा किच्चा सुदीपलाई अनुबन्ध गरिएको छ । सुदीप र सलमान निकै लामो समयदेखि एकअर्कासँग काम गर्न चाहन्थे । अब ‘दबंग ३’ मा दुबै दमदार एक्सन पेश गर्न जाँदैछन् । 

हालै सलमानले सुदीपको फिल्म ‘पहलवान’ को टिजर सोसल मिडियोमा साझेदार गरेका थिए । सुदीपको कन्नड फिल्ममा ठूलो नाम छ । उनले ‘मक्खी’ (इगा) र ‘फूंक’ जस्ता सुपरहिट फिल्ममा काम गरेका छन् । उनी पहिलो पटक सलमानसँग काम गर्न निकै उत्साहित देखिएका छन् । 

 

filmykhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja